अत्यधिक लाभांश दिने २१ कम्पनीहरू - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

अत्यधिक लाभांश दिने २१ कम्पनीहरू



काठमाडौं । नेप्समा सचूीकतृ कम्पनीहरूले गत आर्थिक वर्ष २०७६÷०७७ को नाफाबाट लगानीकर्तालाई लाभांश घोषणा गर्ने क्रम जारी छ । अधिकांशले यही महिनाभित्र साधारणसभा गर्दैछन् । धेरैको बुक क्लोजसमेत भइसकेको छ । नियमनकारी प्रावधानका कारण पुस महिनामा लाभांश घोषणा गर्ने र साधारणसभाको मिति तय गर्ने क्रम ह्वात्तै बढेको हो । नियामकीय प्रावधानअनुसार नयाँ आर्थिक वर्ष सुरु भएको ६ महिनाभित्र अघिल्लो वर्षको साधारणसभा गरिसक्नुपर्ने हुन्छ ।

फलस्वरुपः पुस लागेयता नै सूचीकृत कम्पनीहरूलाई साधारणसभा र बुक क्लोजको मिति तय गर्न भ्याइ–नभ्याई छ । यद्यपि, नियामकीय प्रावधानलाई लत्याउँदै अझै केही कम्पनीले भने लाभांश घोषणा र साधारणसभाको मिति तय गर्न सकेका छैनन् । यसपटक हालसम्म लाभांश घोषणा गर्ने सूचीकृत कम्पनीमध्ये २१ वटाले लगानीकर्तालाई २० प्रतिशत वा सोभन्दा बढी प्रतिफल दिने भएका छन् । हिमालयन डिस्ट्रीलरी र युनिलिभर नेपालले सबैभन्दा धेरै लाभांश घोषणा गरेका छन् ।

यी दुवै कम्पनीले गतवर्षको नाफाबाट शतप्रतिशत लाभांश घोषणा गरेका हुन् । हिमालयन डिस्ट्रीलरीले ५० प्रतिशत बोनस सेयर र ५० प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । उक्त लाभांश पारित गर्न कम्पनीले पुस २९ गते साधारणसभा बोलाएको छ । यता, युनिलिभर नेपालको भने शतप्रतिशत नगद लाभांश मंसिर १६ गतेको साधारणसभाले पारित गरिसकेको छ । वाणिज्य बैंकहरूमध्ये सबैभन्दा धेरै लाभांश नबिल बैंकले नलगानीकर्तालाई ३५.२६ प्रतिशत लाभांश दिन लागेको छ ।

यस्तै, लघुवित्त कम्पनीमा सबैभन्दा धेरै लाभांश वोमी लघुवित्तले घोषणा गरेको छ । यसले ३० प्रतिशत बोनस सेयर दिने घोषणा गरेको हो । हालसम्म लाभांश घोषणा गर्ने कम्पनीहरू मध्ये अधिकांशले बोनस सेयरलाई प्राथमिकता दिएका छन् । केन्द्रीय बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत बैंक तथा वित्तीय संस्थालाई वितरणयोग्य नाफाको अधिकतम् ३० प्रतिशतसम्ममात्र नगद लाभांश वितरण गर्न पाउने व्यवस्था गरेको छ ।

२० प्रतिशत वा यसभन्दा धेरै बढी लाभांश दिने कम्पनीहरू


प्रतिक्रिया दिनुहोस्