आइएमई लाइफ इन्स्योरेन्सको ब्रान्ड एम्वेसेडरमा नायिका कोइराला

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सको ब्रान्ड एम्वेसेडरमा नायिका मनिषा कोइराला नियुक्त भएकी छन । नायिका मनिषा कोइरालाको सहकार्यले कम्पनीेको प्रबद्र्घन गर्न थप सहयोग पुग्ने कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुयाँलले बताएका छन । साथै फुयाँलले नायिका मनिषा कोइरालालाई ब्रान्ड अम्बासडर नियुक्त गर्न पाउनु खुशीको बिषय भएको बताएका छन ।
त्यसैगरी, कम्पनीले डिजिटल प्रविधि मार्फत सेवा उपल्बध गर्ने क्रममा आजबाटै लागु हुने गरि आइएमई साथ बुट नामबाट विश्वको कुनैपनि कुनाबाट कम्पनीका सेवा सम्बन्धमा जानकारी लिनसक्ने र अनुरोध समेत पठाउन सक्ने गरि निमार्ण गरिएको चयाट्बोट प्रणलीको औपचारिक रुपमा संचालनमा ल्याएको छ ।
कार्यक्रममा नायीका कोइरालाले कम्पनिको प्रगतिमा आफुले उत्कुष्ट भुमिका निर्वाह गर्ने बताएकि छन ।