नेप्से हालसम्मकै उच्च २२३९.४२ अंकमा बन्द, साढे ५ अर्ब बढीको कारोबार
साताको दोस्रो दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक हालसम्म कै उच्च विन्दुमा पुगेको छ । सोमबार यसअघिका रेकर्ड तोडेर नयाँ रेकर्ड कायम गरेको हो । पौष २६ गते आइतबारको रकेर्ड तोड्दै सोमबार नेप्से ३.७० अंकले बढेर हालसम्मकै उच्च २२३९.४२ अंकमा बन्द भएको हो ।
सोमबार दिनभरि नेप्सेमा २०८ कम्पनीको १ करोड ३५ लाख ६० हजार बढी कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ५२ करोड ४८ लाख रुपैयाँभन्दा बढिको कारोबार भएको छ । तर, आइतबार ६ अर्ब ३२ करोड ६६ लाख बराबरको कारोबार भएको थियो ।
सोमबार व्यापार, होटल, उत्पादन, अन्य र लघुवित्तको सूचकमा गिरावट आएको छ भने बैंकिङ, विकास बैंक, जलविद्युत, म्युचुअल फण्ड, वित्त तथा जीवन र निर्जीवन बीमा समूहका सूचक बढेका छन् । सोमबार सिद्धार्थ बैंकको सबैभन्दा धेरै ४२ करोड बढी रकमको शेयर किनबेच भएको छ ।