एशियन लाईफ इन्स्योरेन्सले खोल्यो दैलेखमा शाखा - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

एशियन लाईफ इन्स्योरेन्सले खोल्यो दैलेखमा शाखा



काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनीले ग्राहक सेवालाई सरल तथा सहज बनाउने उद्देश्यले कर्णाली प्रदेशको दैलेखमा मंगलबारदेखी उपशाखा कार्यालयलाई स्तरोन्नती गरी ४० औं शाखाको रुपमा संचालनमा ल्याएको छ ।

कम्पनीको संचालक समिति अध्यक्ष दिपक कुमार श्रेष्ठले शाखाको उद्घाटन गरे । उद्घाटन कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत दिनेश लाल श्रेष्ठ, नायब प्रमुख कार्यकारी अधिकृत होम बहादुर श्रेष्ठ र सहायक महाप्रबन्धक विजय पराजुलीको समेत उपस्थिति रहेको थियो ।

दैलेख शाखा सहित कम्पनीको शाखा कार्यालय ४० र उपशाखा १०४ पुगेको छ । कम्पनीले चालू आर्थिक वर्षमा ४ वटा उपशाखालाई शाखामा स्तरोन्नती र ४ वटा नयाँ उपशाखा संचालनमा ल्याएको छ । निकट भविष्यमा प्रभावकारी ग्राहक सेवाको लागि सम्भाव्यताको आधारमा थप शाखा तथा उपशाखा कार्यालयहरु बिस्तार गर्दै लगिनेछ ।

कम्पनीले विभिन्न वर्गलाई लक्षित गरी एशियन सावधिक, अग्रिम भुक्तानी सावधिक, आजीवन र म्यादी सहित २२ वटा बीमा योजना प्रचलनमा ल्याएको छ । ५ अर्ब अधिकृत पूँजी रहेको यस कम्पनीको चुक्ता पुँजी रु.२ अर्ब १ करोड २०७७ असोज मसान्तसम्म जीवन बीमाकोष रु.२३ अर्ब ६ करोड रहेको छ ।


प्रतिक्रिया दिनुहोस्