महासंघको शहरी विकास समिति विस्तार, सभापतिमा मीनमान श्रेष्ठ नियुक्त « Arthapath.com
२ जेष्ठ २०८२, शुक्रबार

महासंघको शहरी विकास समिति विस्तार, सभापतिमा मीनमान श्रेष्ठ नियुक्त



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी समिति सदस्य मीनमान श्रेष्ठकोे सभापतित्वमा गठित शहरी विकास समिति विस्तार भएको छ ।

समितिका सह–सभापतिमा नेपाल सरकारका पूर्व सचिव पूर्ण कडरिया र नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवी सिंह चुनिनु भएको छ ।

समिति विस्तार कार्यक्रमलाई संवोधन गर्नुहुंदै महासंघका अध्यक्ष शेखर गोल्छाले व्यवस्थित शहरी विकासलाई पहिलो प्राथमिकतामा राखी त्यसका लागि आवश्यक नीति नियम बनाउनु पर्नेमा जोड दिनुभयो । अध्यक्ष गोल्छाले त्यसमा समितिले परिणाममुखी ढंगले काम गर्नेमा पनि आफू विश्वस्त रहेको बताएका छन ।

महासंघका उपाध्यक्षद्वय दिनेश श्रेष्ठ र रामचन्द्र संघईको उपस्थितिको रहेको सो कार्यक्रममा महासंघका कोषाध्यक्ष सुकुन्तलाल हिराचनले शहरी विकासका लागि ठोस मास्टर प्लान नभएकाले त्यसतर्फ पनि काम गर्न समितिलाई सुझाव दिएका छन ।

साथै उनले यस क्षेत्रमा व्यवसायिक स्वास्थ्य र सुरक्षालाई समेत प्राथमिकता दिनुपर्ने धारणा राख्नु भयो ।
समितिका सभापति श्रेष्ठको अध्यक्षतामा भएको बैठकले वर्तमान कार्यकालमा कम्तिमा एउटा प्रदेशमा नमुना शहर बनाउने लक्ष्यका साथ काम गर्ने प्रतिवद्धता जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्