शाहिले अग्रवालको नेतृत्वमा महासंघको बैंक, वित्तिय तथा विमा समिति गठन, अरु को–को छन सदस्यहरु ?

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी समितिका सदस्य शाहिल अग्रवालकोे सभापतित्वमा गठित बैंक, बित्तिय तथा विमा समिति विस्तार भएको छ । समितिका सह–सभापतिहरूमा महासंघको कार्यकारिणी समितिका सदस्यहरू शक्तिकुमार वेगानी र सुवोध कुमार गुप्ता रहेका छन ।
समितिका सदस्यहरूमा शिखर इन्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दिप प्रकाश पाण्डे, ग्लोवल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य, चार्टडर्ड एकाउन्टेन्ट सुवाष झुनझुनवाला, महासंघको कार्यकारिणी समितिका पूर्व सदस्यहरू सुनिल नारायण श्रेष्ठ, रामकृष्ण प्रसाइर्“ र व्यवसायी प्रकाश तिवारी रहेका छन ।
समितिको आमन्त्रितहरूमा महासंघको कार्यकारिणी समितिका सदस्यहरू विजय सिंह वैध, संदिपकुमार अग्रवाल, आनन्दकुमार बगाडिया र अम्बिका प्रसाद पौडेल तथा सल्लाहकारहरूमा महासंघको कार्यकारिणी समितिका सदस्य सौरभ ज्योति र अधिवक्ता रमण कर्ण हुनुहुन्छ ।