इन्फ्रास्ट्रक्चर बैंकको सेयर नेप्सेमा सूचिकृत, ओपन रेञ्ज ११३.६२ देखि ३४०.८६ रुपैयाँ

कामठाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आइपीओ नेपाल स्टक एक्सचेञ्जमा सूचिकृत भएको छ । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको २० करोड कित्ता सेयर सूचीकरण बिहीबार सुचीकृत भएको हो ।
माघ २९ गते बिहीबार नेपाल स्टक एक्सचेन्ज र नेपाल इन्फ्रास्ट्रक्चर बैंकबीच धितोपत्र सूचीकरण सम्झौता सम्पन्न भएको छ । अब फागुन २ गते आइतबारबाट बैंकको सेयर दोस्रो बजारमा कारोबार सुरु हुनेछ ।
स्टक एक्सचेञ्जले निफ्राको पहिलो सेयर कारोबारको रेन्ज ११३.६२ देखि ३४०.८६ रुपैयाँ रहेको छ ।