लनागीकर्ताले एउटै कम्पनीबाट कमाए १४ गुणासम्म नाफा, कुन-कुन कम्पनी हुन् ?

काठमाडौं । आईपीओमा नयाँ लनागीकर्ता भित्रिएको हिसाबले यो वर्षलाई आईपीओका लागि स्वर्णिम अवसर मान्न सकिन्छ । केहि समय पहिलेसम्म पनि १० लाखभन्दा कम संख्यामा रहेका डिम्याट खाताको संख्या अहिले २५ लाख नाघिसकेको छ । बजारमा यो एक वर्ष जति नयाँ लगानीकर्ताहरू भित्रिए त्यसै अनुपातमा अहिले बजार पनि बुम भइरहेको छ । करिब १० महिनाअघि नेपाल पुनर्बिमा कम्पनीले चैत २६ गते १ करोड ६० लाख कित्ता सेयर कित्ता निस्कासन आवेदन गरेको थियो । जसमा १ करोड ५१ लख २६ हजार ५०० कित्ता सेयर सर्वसाधारणका लागि छुट्याइएकोमा उत्क्त कम्पनीको आईपीओमा ३ लाख ९१ हजार ६ सय २६ जनाको आवेदन परेको थियो ।
पछिल्लो समय सबैभन्दा बढी आवेदन नेपाल पूर्वाधार विकास बैंक (निफ्रा) को आईपीओमा परेको छ । निफ्रा बैंकको आइपीओमा १५ लाख भन्दा बढिले आवेदन दिएका थिए । यो हालसम्म कै उच्च हो ।
१. नेपाल पुनर्बीमा कम्पनीः
नेपाल पुनर्बीमा कम्पनीले चैत्त २६ गते १०० रुपैयाँ मूल्यका १ करोड ५१ लाख २६ हजार ५०० कित्ता सेयर सर्वसाधरणका लागि जारी गरेको थियो । उक्त कम्पनीमा १० महिनाअघि १ हजार रुपैयाँ लगानी गर्ने लगानीकर्ताको पुँजी आजको बजार मूल्यअनुसार १५ हजारभन्दा माथि छ । यो १० महिनामा कम्पनीमा गरेको लगानीमा लगानीकर्ताहरूले १४ गुणाभन्दा बढी मुनाफा कमाउन सफल भएका छन् । यो साता बजारमा यस कम्पनीको सेयर १६०४ रुपैयाँमा कारोबार भैरहेको छ ।
२. अजोड इन्स्योरेन्सः
कम्पनीले असार २५ गतेबाट १०० रुपैयाँ अंकित मूल्यका २९ लाख ३० हजार कित्ता सेयर सर्वसाधारणका लागि जारी गरेको थियो । असारमा कम्पनीको सेयरमा हजार रुपैयाँ लगानी गर्ने लगानीकर्ताहरूले अहिलेसम्म पाँच गुणाभन्दा बढी प्रतिफल हासिल गर्न सफल भएका छन् । बजारमा कम्पनीको सेयर ७८५ रुपैयाँमा कारोबार भएको छ ।
३. रिलायन्स लाइफ इन्स्योरेन्सः
कम्पनीले भाद्र ४ गतेबाट १०० अंकित मूल्यका ५६ लाख ३० हजार कित्ता सेयर सवसाधारणका लागि जारी गरेको थियो । भाद्र महिनामा कम्पनीको सेयरमा १००० रुपैयाँ लगानी गर्ने लगानीकर्ताहरूको सेयर मूल्य बढेर अहिले ६००० भन्दा माथि पुगिसकेको छ । कम्पनीको लगानीबाट लगानीकर्ताहरूले ५०० प्रतिशतभन्दा बढी मुनाफा हासिल गर्न सफल भएका छन् । यस कम्पनीको सेयर ७६० रुपैयाँमा कारोबार भएको देखिन्छ ।
४. लिबर्टी इनर्जीः
कम्पनीले भाद्र ४ गतेबाट १०० अंकित मूल्यका ३५ लाख ५० हजार कित्ता सेयर सर्वसाधारणका लागि जारी गरेको थियो । यो कम्पनीको आईपीओमा गरेको लगानीबाट लगानीकर्ताले १०० प्रतिशतभन्दा बढी मुनाफा कमाएका छन् । अहिले बजारमा कम्पनीको सेयर २४९ रुपैयाँमा कारोबार भैरहेको छ ।
५. एनआईसी एसिया लघुवित्तः
कम्पनीले असार १० गतेबाट १०० रुपैयाँ अंकित मूल्यका ४७ लाख ५५ हजार कित्ता सेयर सर्वसाधारणका लागि जारी गरेको थियो । यस कम्पनीको आईपीओमा गरेको लगानीबाट लगानीकर्ताहरूले हालसम्म ६५० प्रतिशतभन्दा बढी मुनाफा हासिल गर्न सफल भएका छन् । मर्जरले कारोवार रोकिएको यसको सेयर मूल्य कारोवार भैरहेको भए १ हजारभन्दा माथि हुने निश्चित थियो ।
६. सानीमा जनरल इन्स्योरेन्सः
कम्पनीले असोज २१ गतेबाट १०० रुपैयाँ अंकित मूल्यका २७ लाख ३० हजार कित्ता सेयर सर्वसाधारणका लागि जारी गरेको थियो । यो कम्पनीको आईपीओमा गरेको लगानीबाट
लगानीकर्ताहरूले ५०० प्रतिशतभन्दा बढी मुनाफा हासिल गरेका छन् । यस कम्पनीको सेयर ७२७ रुपैयाँमा कारोबार भैरहेको छ ।
७. एनआरएन इन्फ्रास्ट्रक्चरः
कम्पनीले साउन १६ गतेबाट १०० रुपैयाँ अंकित मूल्यका ३१ लाख ६० हजार १८३ कित्ता सेयर सर्वसाधारणका लागि जारी गरेको थियो । यो कम्पनीको आईपीओमा गरेको लगानीबाट लगानीकर्ताहरूले २७० प्रतिशतभन्दा बढी मुनाफा हासिल गरेका छन् । यो कम्पनीको सेयर ४०९ रुपैयाँमा कारोबार भैरहेको छ ।
८. माउन्टेन इनर्जीः
कम्पनीले कार्तिक २६ गतेबाट १०० रुपैयाँ अंकित मूल्यका १८ लाख ३० हजार २६५ कित्ता सेयर सर्वसाधारणका लागि जारी गरेको थियो । यो कम्पनीको आइपिओमा गरेको लगानीबाट लगानीकर्ताहरूले करिब ३०० प्रतिशत मुनाफा हासिल गरेका छन् । अहिले यस कम्पनीको सेयर ६४३ रुपैयाँमा कारोबार भएको छ ।
९. जनरल इन्स्योरेन्सः
कम्पनीले असोज १४ गतेबाट १०० रुपैयाँ अंकित मूल्यका
२७ लाख ३० हजार कित्ता सेयर सर्वसाधारणका लागि जारी गरेको थियो । यो कम्पनीको आईपीओमा गरेको लगानीबाट लगानीकर्ताहरूले करिब ४९० प्रतिशत मुनाफा हासिल गरेका छन् । धितोपत्र बजारमा यस कम्पनीको सेयर ७१५ रुपैयामा कारोबार भैरहेको छ ।
१०. साधना लघुबित्तः
कम्पनीले असार २१ गते बाट १०० रुपैयाँ अंकित मूल्यका ७ लाख ७ हजार ८०० कित्ता सेयर सर्वसाधारणका लागि जारी गरेको थियो । यो कम्पनीको आईपीओमा गरेको लगानीबाट लगानीकर्ताहरूले करिब ११३० प्रतिशत मुनाफा हासिल गरेका छन् । बजारमा कम्पनीको सेयर १३७५ रुपैयाँमा कारोबार भैरहेको छ ।
११. युनाइटेड इदी मार्दीः
कम्पनीले मंसिर ३ गतेबाट १०० रुपैयाँ अंकित मूल्यका ८ लाख १२ हजार ८३६ कित्ता सेयर सर्वसाधारणका लागि जारी गरेको थियो । यो कम्पनीको आईपीओमा गरेको लगानीबाट लगानीकर्ताहरूले करिब १२० प्रतिशत मुनाफा हासिल गरेका छन् । हाल धितोपत्र बजारमा कम्पनीको सेयर २४३ रुपैयाँमा कारोबार भएको देखिन्छ ।