पेट्रोलियम पदार्थको मुल्य बढेपछि बायुसेवा कम्पनीहरुले पनि बढाउने भए भाडा, (कहाँ कति बढ्यो, हेर्नुहोस)
काठमाडौं । नेपाल आयाल निगमले पेट्रोलियम पदार्थको मुल्य बढाएपछि बायुसेवा कम्पनीहरुले पनि भाडा बढाउने भएका छन ।
बायुसेवा संचालक संघ नेपालको शुक्रबार बसेको बैठकले निगमले हवाई इन्धनको मुल्य बढाएको भन्दै भोली ८ गतेदेखी संघमा आवद्ध कम्पनीहरुले भाडा बृद्धि गर्ने जनाएका छन ।
निगमले गत फागुन ४ गते हवाई इन्धनको मुल्य प्रतिलिटर २ रुपैयाँ बृद्धि गरेको छ । २०७५ जेठ २७ गतेको मन्त्रीस्तरीय निर्णयद्वरा स्वचालित मुल्य अनुसार भाडा बृद्धि गर्ने सहमती भएको हो ।