भारतबाट किनेको १० लाख डोज कोरोनाको खोप काठमाडौं आइपुग्यो, २३ गतेदेखि देशैभर वितरण हुने « Arthapath.com
९ फाल्गुन २०७७, आईतवार

भारतबाट किनेको १० लाख डोज कोरोनाको खोप काठमाडौं आइपुग्यो, २३ गतेदेखि देशैभर वितरण हुने



काठमाण्डु । सरकारले भारतबाट किनेको कोरोनाविरुद्धको खोप काठमाण्डु आइपुगेको छ ।खोप उत्पादन कम्पनी सेरम इन्सिच्युट अफ इण्डियासँग २० लाख डोज खोप मध्ये १० लाख डोज खोप एयर इन्डियाको विमानमार्फत् आज दिउँसो काठमाण्डु आइपुगेको हो ।

आज दिउँसो २ बजे एयर इन्डियाको जहाजमार्फत खोप ल्याइएको स्वास्थ्य मन्त्रालयका सह–प्रवक्ता डा. समिरकुमार अधिकारीले बताएका छन । उक्त कोरोना विरुद्धको खोप त्रिभुवन विमानस्थलबाट टेकुस्थित कोल्डरुपमा भण्डार गरी यही फागुन २३ गतेदेखि देशैभरका खोप केन्द्रहरुमा वितरण गरिने छ ।

यसअघि भारतले नेपाललाई अनुदानमा १० लाख डोज कोभिशिल्ड खोप उपलब्ध गराएको थियो । सो खोपबाटै गत माघ १४ गतेदेखि नेपालमा कोरोना विरुद्धको खोप अभियान सुरु गरिएको थियो । हाल भारतबाट किनेको २० लाख डोज खोपमध्ये बाँकी १० लाख डोज पनि छिट्टै ल्याइने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्