ज्योति लाइफको ६६ करोडको आइपिओ निष्कासनको तयारी, धितोपत्र बोर्डबाट पायो अनुमती
काठमाडौं । ज्योती लाइफ इन्स्योरेन्स कम्पनीले ६६ करोडको आइपिओ निष्कासन गर्ने भएको छ । पछिल्लो समय खुलेको लाइफ इन्स्योरेन्स ज्योती लाइफले ६६ लाख कित्ता सेयर सर्वसाधारणकोलागी विक्री गर्ने तयारी गरेको हो ।
कम्पनीले धितोपत्र निष्कासनको लागी नेपाल धितोपत्र बोर्डबाट गत फागुन ७ गते अनुमती पाएको हो । धितोपत्र बोर्डले आईपीओ निष्काशनको लागी स्वीकृति प्राप्त गरेको हो ।
ज्योती लाइफ इन्स्योरेन्सले सेयर निष्कासन तथा विक्री प्रवन्धकमा एनएमबि क्यापिटललाई नियुक्त गरिसकेको छ ।