उचित र सम्भव भएका एजेण्डाहरुको कार्यानवयन गरिनेः अर्थमन्त्री पौडेल « Arthapath.com
२२ फाल्गुन २०७७, शनिबार

उचित र सम्भव भएका एजेण्डाहरुको कार्यानवयन गरिनेः अर्थमन्त्री पौडेल



काठमाडौं । अर्थमन्त्री बिष्णु पौडेलले उचित र सम्भव भएका एजेण्डाहरुको कार्यानवयन गरिने बताएका छन् । शनिबार बैंक तथा वित्तीय संस्था परिसंघ, नेपालको प्रथम बार्षिक साधारण सभालाई सम्बोधन गर्दै निजी क्षेत्रका एजेण्डाहरुमध्ये उचित र सम्भव भएकालाई आफूले कार्यान्वयन गर्ने बताएका हुन् । उनले भने, “दुइवटा एप्रोचहरु हुन्छन्, एउटा सम्भव र अर्काे उचित हुनुपर्यो, सबै सम्भव उचित हुँदैनन् र सबै उचित सम्भव हुँदैनन्, हामीले गर्ने भनेको उचित र सम्भवकाबीचमा तालमेल गरेर अगाडी बढ्ने हो ।”

कोरोनाबाट प्रभावित अर्थतन्त्रलाई राज्यले गर्न सक्ने सहयोग गरेको र आगामी दिनमा पनि साथी भएर अघि बढ्ने मन्त्री पौडेलले बताए । सरकारले कोरोना विरुद्धको भ्याक्सिन सबै नेपालीलाई निशुल्क लगाउने उनको भनाइ छ । उनका अनुसार दक्षिण एशियामा कोरोनाविरुद्धको भ्याक्सिन लगाउने दोस्रो देश नेपाल रहेको उनले जनाए ।

नेपाल उद्योग बाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष चन्द्र ढकालका अनुसार कोभिडको संक्रमण नियन्त्रणका लागि सरकारले लगाएको लकडाउनले निजी क्षेत्र चौपट भएको र त्यसलाई क्रमशः नेपाल सरकारको बजेट र मन्त्री पोलीशिको माध्यमबाट केहि हदसम्म नीजि क्षेत्रका समस्याहरुको समाधानका लागि उद्योग बाणिज्य महासंघले नेपाल सरकार र नेपाल राष्ट्र बैंकलाई दिएको सुझावलाई कार्यान्वयनमा आउन समय लागेको छ । बैंक र व्यावसायीहरु एकआपसमा पक्ष विपक्ष नभएको ढकालले बताए ।

नीजि क्षेत्रलाई हरेक बजेट र मौद्रिक नीतिमा समयानुकल अनुसार परिवर्तन गर्नुपर्ने सिविफिनका अध्यक्ष पवन कुमार गोल्यानले बताए । बैंक तथा वित्तीय संस्थाहरु लोन र डिपोजिट दिने संस्था मात्रै नभएको उनको भनाइ छ । ठूला ठूला परियोजनामा लगानी गर्न आफूहरु सक्षम रहेकाले तयो वातावरण मिलाइ दिन हुन अध्यक्ष गोल्यानले आग्रह गरे ।


प्रतिक्रिया दिनुहोस्