अभिकर्ता नै बीमा व्यवसायका महत्वपूर्ण स्टेकहोल्डर
काठमाडौं । अभिकर्ता नै बीमा व्यवसायका महत्वपूर्ण स्टेकहोल्डर भएको भन्दै सरोकारवालाहरुले अभिकर्ताको सक्रिय सहभागिताबाट मात्रै समग्र बीमा व्यवसायले गति लिने बताएका छन् ।
राष्ट्रय बीमा कम्पनी लिमिटेडले शुक्रबार राजधानीमा आयोजना गरेको अभिकर्ता सम्मान तथा अन्तरक्रिया कार्यक्रमका सहभागीहरुले यस्तो बताएका हुन् ।राष्ट्रय बीमा कम्पनी लिमिटेड सञ्चालक समितिका अध्यक्ष उमेशचन्द्र उपाध्यायले बीमा व्यवसायलाई अभिबृद्घि गर्न देशभर छरिएर रहेका १२९ क्रियाशील÷सक्रिय अभिकर्ताहरुको भूमिका महत्वपूर्ण रहेको भन्दै अभिकर्ताहरुका कारण सामान्य जनतामा बीमा चेतनाको विकास गरी बीमा सेवालाई सर्वसाधारणसम्म पु¥याउन महत्वपूर्ण योगदान पुगेको बताउनुभयो ।
आगामी दिनमा समेत बीमा अभिकर्ता तालिम सञ्चालन गरी योग्य र कर्मठ अभिकर्ताहरु उत्पादन गरी व्यवसाय बृद्घिमा टेवा पु¥याउने कम्पनीको लक्ष्य रहेको बताएका छन ।
पाँच दशक लामो पृष्ठभूमि भएको कम्पनीले बीमा व्यवसाय विस्तार र सुदृढीकरणमा महत्वपूर्ण योगदान गरेको भन्दै अध्यक्ष उपाध्यायले प्रभावकारितामा आइपरेका प्रारम्भिक चरणका कतिपय जटिलताका गाँठा फुकाउने काम पनि भइरहेको बताएका छन ।
कम्पनीले आफ्नो उद्देश्यअनुरुप बीमा व्यवसायका माध्यमले सुरक्षित एवं लगानीमैत्री वातावरण निर्माण गर्न तथा छरिएका बचतहरुलाई पूँजीका रुपमा परिचालन गर्न कम्पनी क्रियाशील रहेको भन्दै उहाँले कर्पोरेट ढाँचामा व्यवसायिक जोखिमसँग सम्बद्घ परम्परागत बीमा व्यवसायका साथै सबैखाले आर्थिक गतिविधिसँग बीमा व्यवसायलाई गाँस्दै जाने कामले गति लिन थालेको बताएका छन ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत डा. डिल्लीराज अर्यालले अभिकर्ता कम्पनीको स्थापनादेखि खडा भएका पिलर भएको भन्दै अभिकर्तालाई सम्मानको परम्परालाई निरन्तरता दिंदै आएको बताउनुभयो । सरकारको नीति तथा कार्यक्रमसँग तादम्यता हुनेगरी सार्वजनिक सेवा प्रदान गर्नु र निजी तथा विदेशी कम्पनीहरुसँग प्रतिष्पर्धा गरी मुनाफा आर्जन गर्नु कम्पनीको दोहोरो दायित्व रहेको उहाँले बताएका छन ।
कम्पनीका मुख्य व्यवस्थापक सुभास कोइरालाले अभिकर्ता नै बीमा क्षेत्रको मेरुदण्डको रुपमा रहेको भन्दै व्यवसाय अभिबृद्घिमा उनीहरुको भूमिका उल्लेख्य रहेको बताएका छन । कम्पनीले शाखा विस्तार गर्न थालनी गरेको जानकारी दिंदै उहाँले यसै वर्ष छ शाखा तथा उपशाखा सञ्चालन गरेको बताएका छन ।













