रिभर फल्स पावरले आइपीओ निष्काशन गर्दै, सेयर निष्काशनका लागि प्रभु क्यापिटल नियुक्त
काठमाडौं । रिभर फल्स पावर लिमिटेडले सर्वसाधारणलाई जारी गर्न लागेको ३४ लाख ३० हजार कित्ता सेयरको सार्वजनिक निष्काशन गर्ने कार्यका लागि प्रभु क्यापिटल लिमिटेडलाई सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।
सो नियुक्ति सम्बन्धी सम्झौता फाल्गुण २५ गते मंगलबार सम्पन्न भएको छ । सम्झौतामा रिभर फल्स पावर लिमिटेडका तर्फबाट सञ्चालक मित्र लाल श्रेष्ठ तथा प्रभु क्यापिटल लिमिटेडका तर्फबाट प्रबन्ध संचालक दिनेश थकालीेले हस्ताक्षर गर्नुभएको छ ।
रिभल फल्स पावर लिमिटेडले संखुवासभा जिल्लाको धर्मदेवी नगरपालिकामा अवस्थित पिलुवाखोलामा १०.३ मेगावाटको आयोजना निर्माण गरिरहेको छ । यो आयोजनाको भौतिक प्रगति ६० प्रतिशत सम्पन्न भइसकेको छ ।













