एलआईसी नेपालको साधारण सभाबाट १०.५३ लाभांश प्रतिशत पारित, १९ औँ साधारण सभा छिट्टै गर्ने - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

एलआईसी नेपालको साधारण सभाबाट १०.५३ लाभांश प्रतिशत पारित, १९ औँ साधारण सभा छिट्टै गर्ने



काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल (एलआईसी नेपाल) लिमिटेडको १८ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभाले आ।ब। २०७५/०७६ को वासलात र आयव्यय विवरणलाई अनुमोदन गर्दै कम्पनीको मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पूँजीको १० प्रतिशत वोनस शेयर र वोनस शेयरको कर प्रयोजनार्थ ०.५३ प्रतिशत नगद लाभांश पारित गरेको छ ।

त्यस्तै, १८ औं वार्षिक साधारण सभाले सर्वसाधारण शेयरधनीको प्रतिनिधित्व गर्ने १ जना पब्लिक डाइरेक्टरमा कोमल अग्रवाललाई निर्विरोध चयन गरेको छ । कम्पनीका अध्यक्ष एम.आर. कुमारले आर्थिक बर्ष २०७६–०७७ को १९ औं वार्षिक साधारण सभा पनि यथासक्य चाँडो सम्पन्न गरिने जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस्