बुक बिल्डिङ विधिबाट आइपीओ निष्काशन गर्दै धागो उद्योग, निश्कासनका लागि ग्लोबल आइएमई क्यापीटल नियुक्त
काठमाडौं । नेपालकै सबैभन्दा ठूलो धागो उद्योग रिलायन्स स्पिनिङ्ग मिल्स लिमीटेडले आइपीओ निश्कासनका लागि ग्लोबल आइएमई क्यापीटल लिमीटेडलाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । बुधबार रिलायन्स स्पिनिङ्ग मिल्स लिमीटेड र क्यापीटलबीच शेयर निष्कासन तथा बिक्री प्रबन्ध सम्बन्धी सम्झौता भएको छ ।
रिलायन्स स्पिनिङ्ग मिल्स लिमीटेडको मुख्य लगानीकर्ता रहेका कार्यकारी अध्यक्ष पवन गोल्यान र सञ्चालक अक्षय गोल्यान समेतको उपस्थितिमा सम्पन्न भएको उक्त कार्यक्रममा मिल्सको तर्फबाट सञ्चालक शशिकान्त अग्रवाल र क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पारसमणि ढकालले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
कम्पनीले बुक बिल्डिङ्ग विधिमार्फत १४ लाख ६० कित्ता साधारण शेयर निष्कासन गर्ने जनाएको छ । बुक बिल्डिङ्ग विधिमार्फत १४ लाख ६० हजार कित्ता शेयरमध्ये ४० प्रतिशत शेयर योग्य संस्थागत लगानीकर्ता र बाँकी ६० प्रतिशत शेयर सर्वसाधारणका लागि निष्कासन गर्न लागेको हो । वि.सं.२०५१ सालमा दर्ता भएको स्पिनिङ्ग मिल्सले ४,३०० भन्दा धेरैेलाई रोजगार दिन सफल भएको छ ।













