७ श्रावण २०८३, बिहिबार

सेञ्चुरी कमर्सियल बैंकको १० औं वार्षिकोत्सव सम्पन्न



काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको दशौं वार्षिकोत्सव सम्पन्न भएको छ ।बैंकको १० औं वार्षिकोत्सवे केन्दीय कार्यालय पुतलीसडकमा सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठले १० वर्षअघि ‘सरल बैंकिङ्ग सबैंका लागि’ भन्ने नाराका साथ स्थापित सेञ्चुरी बैंक ठूलो र मजबुद बैंकका रुपमा अघि बढिरहेको उल्लेख गर्दै बैंकले दोहारो अंकको वृद्धि गरी शेयरधनीलाई उच्च प्रतिफल, बैंकमा संस्थागत सुशासन कायम राख्ने र कर्मचारी, नियमनकारी निकाय लगायत सबै सरोकारवालाहरुको रोजाइको बैंक बनाउने बताएका छन ।

त्यस्तै आज बैंकका अध्यक्ष श्रेष्ठले काठमाडौंको गौरीघाट र बालाजु शाखा अनलाईनमार्फत औपचारिक रुपमा उद्घाटन गरेका छन ।


बैंकको १२२ शाखा १० एक्सटेन्सन काउन्टर, २३ शाखारहित बैंकिङ्ग र ८८ एटिएममार्फत वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ


प्रतिक्रिया दिनुहोस्