नाडाद्धारा यातातात मन्त्री नेम्बाङ्गमार्फत ताप्लेजुङ्ग आगलागी पिडितलाई आर्थिक सहयोग - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

नाडाद्धारा यातातात मन्त्री नेम्बाङ्गमार्फत ताप्लेजुङ्ग आगलागी पिडितलाई आर्थिक सहयोग



काठमाडौं । नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालको नेतृत्वमा गएको ६ सदसिय नाडा प्रतिनिधिले चैत्र १ गते माननिय भौतिक, पूर्वाधार तथा यातातात मन्त्री वसन्त कुमार नेम्बाङ्गसंग भेट गरेको छ । नाडाको सामाजिक उत्तरदायित्व अन्र्तगत ताप्लेजुङ्गको दोभानमा भएको आगलागी पिडितहरुको लागी जिल्ला विपद व्यवस्थापन समिती ताप्लेजुङ्गलाई सहयोग स्वरुप रु २ लाख १ हजारको चेक हस्तान्तरण गरिएको नाडाले जनाएको छ ।

उक्त भेटघाटमा नाडाका अध्यक्ष दुलालले ताप्लेजुङ्गको दोभानमा भएको आगलागी पिडितहरुको राहतको लागी नाडाको पदाधिकारी लगायत कार्यसमिती सदस्यहरु संग रकम संकलन गरि रु २ लाख १ लाख जिल्ला विपद व्यवस्थापन समिती ताप्लेजुङ्गको नाममा चेक माननिय मन्त्रीज्यूलाई हस्तान्तरण गर्नु भएको थियो ।

उक्त छलफलको क्रममा माननीय भौतिक, पूर्वाधार तथा यातातात मन्त्री वसन्त कुमार नेम्बाङ्गले देशमा परेको आपत् विपदको समयमा पनि नाडाले देखाउनु भएको चासो र सहयोग प्रती धन्यवाद दिनु भएको थियो । साथै मन्त्रीज्यबाट पनि नाडाको रकममा आफ्नो व्यक्तिगत तर्फबाट थपथाप गरि प्रदेश सांसद मार्फत जिल्ला प्रशासन कार्यालय, ताप्लेजुङ्गलाई हस्तान्तरण गरि नाडालाई समेत जानकारी गराउने भन्नुभयो । सो कार्यक्रममा नाडाका अध्यक्ष कृष्णप्रसाद दुलाल लगायत उपाध्यक्षद्धय करण कुमार चौधरी, आकाश गोल्छा, महासचिव सुनिल रिजाल, सचिव अनुप कुमार बराल र कोषाध्यक्ष सुरेन्द्र कुमार उपे्रती समेतको उपस्थिति रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्