नबिल बैंकको “हिरोज् अफ नेपाल” मा शेफ सन्तोष शाह सम्मानित « Arthapath.com
१२ चैत्र २०७७, बिहीबार

नबिल बैंकको “हिरोज् अफ नेपाल” मा शेफ सन्तोष शाह सम्मानित



काठमाडौं । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा नेपाललाई चिनाएर नेपालको शिर उच्च राख्न सफल नेपालीहरुलाई सम्मान गर्ने मञ्चको रुपमा नबिल बैंकले हिरोज् अफ नेपालको आयोजना गर्न थालेको हो । हिरोज् अफ नेपालको दोस्रो संस्करणमा भने नेपाललाई अन्तर्राष्ट्रिय मञ्चमा चिनाएर लाखौंको माया पाउन सफल शेफ सन्तोष शाहलाई सम्मानित गरिएको छ ।

शेफ सन्तोष शाहले यु.के. को मास्टरशेफ कार्यक्रममा नेपालको प्रतिनिधित्व गर्दै नेपाली परिकारहरुलाई विश्व सामु चिनाउनुका साथै नेपालीको शिष्टाचार र मैत्रीपूर्ण भावलाई पनि प्रदर्शित गरेर हरेक नेपालीलाई गौरवान्वित बनाएकँ छन् । सन्तोष शाह, अनिल केशरी शाह र अनुष्का श्रेष्ठबीच भएको प्यानल छलफलको क्रममा, शेफ सन्तोष शाहले उनको प्रेरणादायक उपलब्धिहरूको बारेमा बोल्नुका साथै उनको जीवनका यात्राका चुनौतीहरू पनि वर्णन गरे । यो कार्यक्रमबाट हामी प्रेरणादायक क्षेत्रको भित्री तहसम्म पुग्न सफल भएका छौं । उक्त कार्यक्रममा बैंकको उच्च व्यव्ँस्थापन तहका अधिकारीहरुको समेत उपस्थिती थियो ।

नबिल बैंकले शेफ सन्तोष शाहलाई उनको उत्कृष्ट अनुगमनलाई जारी राख्न प्रोत्साहनको रूपमा प्रेरणादायक उपलब्धिका लागि सम्मानित गर्यो । जसको अनुसरण गर्दै, नबिल बैंकले शेफ शाहको गृहनगरमा ई–पुस्तकालय निर्माण गर्न र ५ महिला विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्न पनि प्रतिबद्धता जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्