२८ श्रावण २०८३, बिहिबार

नेप्सेमा उकालो यात्रा निरन्तर, कारोबार रकम बढेर सवा ७ अर्ब रुपैयाँ



काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचक १२.८८ अंकले बढेर २६३१.८९ अंकमा बन्द भएको छ । बैंकहरुको ब्याज तिर्न रकम जोहो गरिसकेकाले नेप्से आफ्नै लयमा फर्किन थालेको छ । यस अघि विभिन्न राजनीतिक घटनाले गर्दा लगानीकर्ता निराश बनेर घटेको नेप्से पुनः उकालो यात्रातीर लागेको हो ।

साताको अन्तिम दिन नेप्से बढेसँगै कारोबार रकम पनि बढेको छ । बिहीबार दिनभरि २१८ कम्पनीको १ करोड ४३ लाख ९० हजार ४४७ सेयर कित्ता ७४ हजार २०८ पटक किनबेच हुँदा ७ अर्ब २५ करोड ९ लाख २४ हजार १२४ रुपैयाँको कारोबार भएको छ ।

बिहीबार होटेल एण्ड टुरिजम समूहका लगानीकताृले ७७.२२ अंकले गुमाए भने ट्रेडिङ समूहका लगानीकर्ताले सर्वाधिक ३६८.५७ अंकले कमाए ।