सुन व्यावसायीहरुको मागलाई राष्ट्र बैंकको सम्बोधन, कोटा थप गर्दै दैनिक २० किलो आयात गरिने
काठमाडौं । बजारमा सुनको माग बढेपछि नेपाल राष्ट्र बैंकले सुन आयातको लागी कोटा बढाएको छ । हाल दैनिक १० किलोको आयात कोटालाई बढाएर राष्ट्र बैंकले २० किलो बनाएको हो ।
बजारमा काँचो सुनको माग बढेको भन्दै विभिन्न निकायमा गएर सुन आपुर्तिको कोटा बढाउन माग गरेको थिए । सोहि अनुरुप राष्ट्र बैंकले सुन ब्यावासायीहरुको मागलाई सम्बोधन गर्दै कोटा थप गरेको हो ।
दैनिक ३० किलो सुनको माग गरेको भएपनि बजारको अस्थामा अनुसार २० किलोसम्म दैनिक आयात कोटा तोकेको राष्ट्र बैंकले जनाएको छ । बढ्दो आयात, रेमिट्यान्स आप्रवाहमा आगामी दिनमा हुन सक्ने गिरावट, व्यापार घाटा र ब्यालेन्स अफ पेमेन्टमा परेको चापलाई विचार गरेर सुन आयात कोटा बढाइएको राष्ट्र बैंकले बताएको छ । लगनको समयमा दैनिक २५ किलो सुन र लकडाउनपछि सुन आयात कोटा घटाइ १० किलो प्रतिदिनमा सिमित गरिएको थियो ।














