२८ श्रावण २०८३, बिहिबार

भर्खरै आइपीओ निष्काशन गरेको युनाइटेड इदी मर्दीको साधारण साभा आज हुँदै



काठमाडौं । युनाइटेड इदी मर्दी हाइड्रोपावरको वार्षिक साधारण सभा शुक्रबार (आज) हुँदै छ । युनाइटेड इदी मर्दी हाइड्रोपावर लिमिटेडको ११ औँ वार्षिक साधारण सभा चैत २० गते शुक्रबार, होटल सांग्रिला भिलेज, पोखरामा बिहान ११ बजेबाट सुरु हुँदै छ ।

सभामा कम्पनीको प्रबन्धपत्र तथा नियमावली संसोधन गर्ने, आर्थिक वर्ष २०७६–०७७ को वित्तीय विवरण स्वीकृत गर्ने र आर्थिक वर्ष २०७७–०७८ को लागि लेखापरीक्षक नियुक्त गर्ने सञ्चालक समितिमा सर्वसाधारण सेयरधनीको तर्फबाट १ जना सञ्चालको निर्वाचन गर्ने लगायतका प्रस्ताव पेश गरिने छ ।

कम्पनीले साधारण सभा प्रयोजनका लागि चैत ६ गते बुकक्लोज गरेको थियो । त्यस्तै, चैत ५ गतेसम्म कायम सेयरधनीहरू मात्र सभामा भाग लिन सक्नेछन् । कम्पनीले यो वर्ष कुनै पनि लाभांश घोषणा गरेको छैन ।

कम्पनीले कात्तिक २७ गतेदेखि मंसिर ३ गतेसम्म सर्वसाधारणलाई ८ लाख ७३ हजार ९ सय १० कित्ता शेयर निष्काशन गरेको थियो ।