सनराइज बैंकको ७३ औं शाखारहित बैंकिङ्ग सेवा कावासोती नवलपरासीमा « Arthapath.com
२६ जेष्ठ २०८३, मंगलबार

सनराइज बैंकको ७३ औं शाखारहित बैंकिङ्ग सेवा कावासोती नवलपरासीमा



काठमाडौं । सनराइज बैंक लिमिटेडले नवलपरासी (बर्दघाट सुस्ता पुर्व) जिल्लाको कावासोती नगरपालिका वडा नं.–४, हसौरा, छिपछिपेमा शाखा रहित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ । सो शाखारहित बैंकिङ्ग सेवा संचालनमा आएसंगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या ७३ पुगेको छ । बैंकले खोलिएको उक्त शाखारहित बैंकिङ्ग सेवाको ब्यवसाय प्रतिनिधिका रुपमा सुजन सापकोटालार्ई नियुक्त गते गरेको छ ।

शाखारहित बैंकिङ्ग सेवा समुद्घाटन कार्यक्रम कावासोती नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष रमाकान्त चापागाईको प्रमुख आतिथ्यता तथा सनराइज बैंक लि. का गण्डकी प्रदेश प्रमुख सुजन पौडेलको सभापतित्वमा सम्पन्न भएको थियो । सो कार्यक्रममा कावासोती नगरपालिका वडा नं. ४ मा रहेको नवदुर्गा पंचायन मन्दिरका अध्यक्ष नारायण प्रसाद पौडेल, सरस्वती नमुना मा.वि.का अध्यक्ष गोपी भुषाल, स्थानिय समाजसेवी राम प्रसाद तिवारी, नवदुर्गा सामुदायिक वन उपभोक्त समितिका अध्यक्ष नारायण प्रसाद लोहनी लगायत स्थानिय व्यक्तिहरुको समेत उपस्थिती रहेको थियो ।

उक्त कार्यक्रममा सनराइज बैंक लि.कावासोती शाखाका शाखा प्रबन्धक केदार गौतम र शाखाका अन्य कर्मचारीहरुको समेत उपस्थिति रहेको थियो । सो अवसरमा बैंकिङ्ग सेवाको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत शाखारहित बैंकिङ्ग सेवा अन्तर्गत ए.टि.एम कार्ड मार्फत कारोबार गर्न सकिने तथा यस सेवाबाट ग्राहकवर्गले निक्षेप सकंलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिलभुक्तानी जस्ता सेवाहरु लिन सकिने बैंकले जनाएको छ । कृषि र रेमिट्यान्स प्रमुख आयस्रोत रहेको सो क्षेत्रका बासिन्दाहरुमा बैंकिङ्गपहुँच बढाउने उद्देश्यका साथ बैंकिङ्ग सेवा सुरु गरेको बैंकले जनाएको छ ।

हालसम्म सनराइज बैंकले १३९ वटा शाखा, ७२ वटा शाखारहित बैंकिङ्ग सेवा, १२ वटा एक्सटेन्सन काउण्टर र १६१ वटा ए.टि.एममार्फत आफ्ना ७ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ । साथै बैंकले आफ्ना सेवाहरु विस्तार गर्ने क्रममा, नेपालका अन्य स्थानहरुमा पनि बैंकिङ्ग सेवा संचालन गर्दै जाने योजना रहेको जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्