राष्ट्रपतिद्वारा एनआईसी एशिया बैंकका सीईओ रोशन कुमार न्यौपाने ‘प्रबल जनसेवा चतुर्थ’ विभूषण प्रदान « Arthapath.com
२ जेष्ठ २०८२, शुक्रबार

राष्ट्रपतिद्वारा एनआईसी एशिया बैंकका सीईओ रोशन कुमार न्यौपाने ‘प्रबल जनसेवा चतुर्थ’ विभूषण प्रदान



काठमाडौं । राष्ट्रपतिद्वारा एनआईसी एशिया बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रोशन कुमार न्यौपानेलाई ‘प्रबल जनसेवा (चतुर्थ)’ विभूषण प्रदान गर्नुभएको छ ।

नेपाल सरकार, मन्त्रिपरिषद्को वि.स. २०७६ भाद्र ३१ गतेको निर्णयबाट सिफारिस भएअनुसार २०७६ आश्विन ३ गते संविधान दिवस (राष्ट्रिय दिवस) का अवसरमा राष्ट्रपतिबाट विभूषण प्रदान गर्ने घोषणा भएकोमा चैत्र २७ गते राष्ट्रपतिको कार्यालय, महाराजगञ्जमा आयोजित सुशोभन समारोहका बीच राष्ट्रपतिबाट उक्त विभूषण प्रदान गरिएको हो ।

साथै, सोही विशेष समारोहका बीच राष्ट्रपतिले बैंकका सहायक महाप्रबन्धक रन्जन खड्कालाई ‘जनसेवा (पञ्चम)’ विभूषण प्रदान गर्नुभयो ।


प्रतिक्रिया दिनुहोस्