२७ श्रावण २०८३, बुधबार

नयाँ बर्षको पहिलो कारोबारमा सुनको मूल्य बढ्यो, चाँदीको एकै दिन ३० रुपैयाँले बढोत्तरी



काठमाडौं । बिहीबार छापावाल सुनको मूल्य तोलामा ३ सय रुपैयाँले बढेर ८९ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै, तेजावी सुनको मूल्य तोलामा ३ सय रुपैयाँले बढेर प्रतितोला ८९ हजार ३५० रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै, चाँदीको मूल्य तोलामा ३० रुपैयाँले बढेर प्रतितोला १२९० रुपैयाँमा कारोबार भईरहेको छ ।

मंगलबार छापावाल सुनको मूल्य १ सय रुपैयाँले घटेर प्रतितोला ८९ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, तेजावी सुनको मूल्य तोलामा १ सय रुपैयाँ प्रतितोला ८९ हजार ५० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेर प्रतितोला १२ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।

सोमबार छापावाल सुनको मूल्य तोलामा १ सयले बढेर प्रतितोला ८९ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ सय रुपैयाँले बढेर ८९ हजार १५० रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्य तोलामा स्थिर रहेर १२ सय ७५ रुपैयाँमा कारोबार भएको थियो ।

आइतबार छापावाल सुनको मूल्य तोलामा ४ सय रुपैयाँले घटेर प्रतितोला ८९ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, तेजावी सुनको मूल्य तोलामा ४ सय रुपैयाँले घटेर प्रतितोला ८९ हजार ५० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, चाँदीको मूल्य तोलामा ५ रुपैयाँ घटेर प्रतितोला १२ सय ७५ रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तैगरी शुक्रबार छापावाल सुनको मूल्य तोलामा ९ सय रुपैयाँले बढेर प्रतितोला ८९ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, तेजावी सुनको मूल्य तोलामा ९ सय रुपैयाँले बढेर प्रतितोला ८९ हजार ४५० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेर प्रतितोला १२ सय ८० रुपैयाँमा कारोबार भएको थियो ।