बिशेष अदालत काठमाण्डौंमा प्रभु बैंकको एक्स्टेन्सन काउण्टर सञ्चालन « Arthapath.com
२६ जेष्ठ २०८३, मंगलबार

बिशेष अदालत काठमाण्डौंमा प्रभु बैंकको एक्स्टेन्सन काउण्टर सञ्चालन



काठमाडौं । प्रभु बैंकले आप्mनो सेवा विस्तार गर्ने क्रममा काठमाण्डौं जिल्लाको काठमाण्डौं महानगरपालिकास्थित वडा नं ११ बिशेष अदालतमा एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । काठमाण्डौंस्थित बिशेष अदालतमा स्थापित एक्स्टेन्सन काउण्टरको बैशाख ३ गतेदेखि कारोबार शुरु गरिएको हो । बिशेष अदालत काठमाण्डौेंका न्यायाधीश प्रेमराज कार्किले एक समारोहकाबीच प्रभु बैंक लि. बिशेष अदालत काठमाण्डौं एक्स्टेन्सन काउण्टरको उद्घाटन गर्नुभयो ।

नेपाल राष्ट्र बैंक तथा अन्य सम्बन्धित निकायसँग समन्वय गरी विभिन्न सरकारी निकायहरुको बैंकिङ्ग कारोबार प्रभावकारी रुपमा सञ्चालन गरिरहेको प्रभु बैंकले बिशेष अदालत काठमाण्डौंमा पनि आप्mनो सेवा विस्तार गर्न सफल भएको छ । प्रभु बैंकको एक्स्टेन्सन काउण्टरबाट सम्बन्धित बिशेष अदालतमा आउने सेवाग्राहीहरुलाई रकम जम्मा गर्न र बिशेष अदालतको काम गर्न सहज र सरल हुने बैंकले बताएको छ ।

प्रभु बैंकको एक्स्टेन्सन काउण्टरबाट प्रवाह गरिने बैंकिङ्ग सेवाबाट स्थानीयबासी तथा सेवाग्राहीहरुले प्रभु बैंकको गुणस्तरीय बैंकिङ्ग सेवा उपभोग गरी लाभान्वित हुने बैंकले विश्वास लिएको छ । प्रभु बैंकले २१३ वटा शाखा कार्यालय, १८९ वटा एटिएम, ५९ वटा एक्स्टेन्सन काउण्टर तथा २ वटा शाखा रहित बैंकिङ्ग सेवा मार्पmत् अत्याधुनिक प्रविधियुक्त गुणस्तरीय बैंकिङ्ग सेवा प्रवाह गरिरहेको छ ।


प्रतिक्रिया दिनुहोस्