खानेपानी संस्थानको विज्ञापन खुलेको १२ वर्षपछि नतिजा सार्वजनिक

काठमाडौं । नेपाल खानेपानी संस्थानले विज्ञापन खुलाएको १२ वर्षपछि नतिजा सार्वजनिक गरेको छ । खानेपानी संस्थानले २०६६ सालमा प्रकाशित विज्ञापनमा नतिजा सार्वजनिक गरेको हो ।
संस्थानलले वि.स. २०६६ सालमा प्रशासन सेवा, तह एक, कार्यालय सहयोगी पदका कर्मचारी मागेको थियो । संस्थानले २०७७ पौष ९ गतेदेखि संचालन भएको अन्तर्वार्तामा उपस्थित १७४ जना उम्मेद्वारहरुको औसत प्राप्तांकको आधारमा स्थायी नियुक्ति गरेको हो ।
