३ महिना कार्यकाल बाँकी हुँदै सिभिल बैंकबाट आउट भए गोविन्द, कामु सिईओको जिम्मेवारी पोखरेललाई

काठमाडौं । ४ वर्षे कार्यकाल सकिन ३ महिना बाँकी छँदै सिभिल बैंकका सीईओ गोविन्द गुरुङले राजिनामा दिएका छन ।
सिभिल बैंक स्थापनाकालमा मेगा बैंकको डिजिएम छोडेर आएका गुरुङ सिभिल बैंकको डेपुटी सीईओ हुँदै ४ वर्ष अघि सीईओ बनेका थिए । गुरुङले ३ महिना अघिनै पिएचडि गर्न भन्दै राजिनामा दिएका थिए ।
संचालक समितिले मर्जरबारे सोच्ने भन्दै गुरुङलाई रोकेका थिए । पछिल्लो समय कर्जामा एग्रसिभ बनेको सिभिल बैंकले हिमालयन बैंकसंग मर्जरको प्रश्ताव अघि बढाएको छ । हिमालयन र इन्भेष्टमेन्ट बैंक मर्जरको प्रक्रिया अघि बढेकाले सिभिललाई केही समयपछि अक्वायरको तयारी भित्र भत्रि भैरहेको छ ।
गुरुङ आगामी मे १ देखी म्यानमार सिटिजन्स बैंकको सिईओ बन्ने भएका छन । म्यानमारको कर्मसिर्ययल बैंकले ५ वर्षको लागी गुरुङलाई सिईओ नियुक्ती गरिसकेको छ । गुरुङले राजिनामा दिएपछि कामु सिईओको जिम्मेवारी शुनिल पोखरेललाई दिइएको छ । पोखरेल सियभिल बैंकको डेपुटी सिईओ हुन ।
बैंकको सिईओ गुरुङले राजिनामा बैंक संचालक समिति बैठकले ५ गते स्वीकृत गरेको हो । बैंक संचालक समितिले शुनिल पोखरेलले बैंकको नेतृत्व गर्नेछन । पोखरेल स्टाडर्ड चाटर्ड बैंकबाट बैंकिङ करिअर सुरु गरेका हुन । स्टाडर्ड चाटर्ड बैंकको विदेशी ब्रान्चमासमेत काम गरेका थिए ।
एनआइसि एसिया बैंकमा साँढे ५ वर्ष काम गरेका पोखरेल म्यानमारको २ ओटा बैंकमा ३ वर्ष काम गरेर सिभिल बैंकको डेपुटी सिईओ बनेका थिए ।