मञ्जुश्री फाइनान्सको खुद नाफा ९४.१६ प्रतिशतले बढ्यो, अन्य सूचकमा पनि चम्कियो
काठमाडौं । मञ्जुश्री फाइनान्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ३७ करोड ५१ लाख ६६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा १९ करोड ३२ लाख २८ हजार रुपैयाँ आर्जन गरेको थियो । गत बर्षको तुलनामा ९४.१६ प्रतिशत बढि नाफा आर्जन गर्न सफल भएको हो ।
गत आर्थिक बर्ष यहि अवधिमा फाइनान्सले २९ करोड ११ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा २८ करोड ५६ लाख रुपैयाँ आम्दानी गरेको थियो । गत बर्षको तुलनामा यो बर्ष त्खुद ब्याज आम्दानी १.५८ प्रतिशतले घटेको हो ।
गत आर्थिक बर्षको यस अवधिमा संस्थाको सञ्चालन मुनाफा २६ करोड ३६ लाख रुपैयाँ रहेकोमा चालु आर्थिक तेस्रो त्रैमासमा १०४.४७ प्रतिशतले बढेर ५३ करोड ९० लाख रुपैयाँ पुगेको छ । फाइनान्सको चुक्ता पूँजी चैत मसान्तसम्ममा ९६ करोड ५३ लाख रुपैयाँ र जगेडा कोष बढेर ६६ करोड ५१ लाख रुपैयाँ पुगेको छ ।
गत बर्ष यस अवधिमा फाइनान्सकोको प्रतिसेयर आम्दानी ३१ रुपैया ४९ पैसा रहेकोमा चालु आवमा ५१ रुपैयाँ ८२ पैसा पुगेको छ । बैंकको मूल्य आम्दानी अनुपात (पिई रेसियो) ९.७२ गुणा रहको छ भने प्रतिशेयर नेटवर्थ १६८ रुपैयाँ ९४ पैसा रहेको छ ।













