नेप्से ३२.४१ अंकले घट्दा साढे ५ अर्ब ७७ करोड रुपैयाँको कारोबार
काठमाडौं । बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३२.४१ अंकले घटेर २६३२.२० अंकको बन्द भएको छ । बुधबार म्युचुअल फण्ड बाहेक सबै समूहमा राताम्य छाएको छ । बुधबार दिनभरिमा २१४ कम्पनीको १ करोड ३७ लाख ८७ हजार २ सय १८ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ७७ करोड रुपैयाँको शेयर करोबार भएको छ ।

बुधबार सबैभन्दा धेरै निफ्राको २५ करोड ४५ लाख रुपैयाँको शेयर करोबार भएको छ । हिमाल दोलखा हाईड्रोपावरको २२ करोड ६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । त्यस्तै, ज्योति लाइफ र महिला लघुवित्त वित्तीय संस्थाको ९.९९ प्रतिशतले बढेको छ । लिर्वर्टी इनर्जीका लगानीकर्ताले ५.१७ प्रतिशतले घटेको छ ।
















