बैशाख १६ गतेदेखि १९ गतेसम्म माछापुछ्रे बैंकको सम्पूर्ण सेवा बन्द हुने

काठमाडौं । माछापुछ्रे बैंक लिमिटेडको कोर बैंकिङ्ग सिस्टम (सीबीएस) प्रतिस्थापन गरिने भएकोले सेवा बन्द गरिने भएको छ । बैंकका अनुसार नयाँ सिस्टममा जाने भएको बैशाख १६ गतेदेखि १९ गतेसम्म सम्पूर्ण बैंकिङ्ग सेवा बन्द गरिने बैंकले जनाएको छ ।
बैंकको कोर बैंकिङ्ग सिष्टम प्रतिस्थापन गर्नुपर्ने भएकोले बैशाख १६ गते बिहिबार बेलुका ६ बजेदेखि बैशाख १९ गते आइतबार बिहान ६ बजेसम्म बैंकको इन्टरनेट बैंकिङ्ग, मोबाइल बैंकिङ्ग, एटिएम, कार्ड (Card (Credit/Prepaid Cardबाहेक), रेमिट्यान्स लगायत सम्पूर्ण बैंकिङ्ग कारोबारहरु पूर्ण रुपमा बन्द हुने भएको छ । साथै ग्राहकहरुको हाल कायम रहेको खाता नं. बाटै साबिक बमोजिम कारोबार गर्न सकिने छ ।
बैंकिङ्ग कारोबारहरु बन्द रहने मितिमा आईपर्न सक्ने अत्यावश्यक कारोबारहरुको लागि सम्बन्धित शाखा कार्यालयमा अग्रिम रुपमा सम्पर्क गर्नुहुन बैंकले अनुरोध गरेको छ ।
