मेरो माइक्रोफाइनान्सको खुद नाफा २०९.४१ प्रतिशतले बढ्यो, सञ्चालन मुनाफा २१८.७८ प्रतिशतले उछाल
काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा खुद नाफा २०९.४१ प्रतिशतले बढेर २९ करोड ६५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा ९ करोड ५६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
यस अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ८१.८९ प्रतिशत बढेर ५७ करोड १४ लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा ३१ करोड ४१ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । त्यस्तै, अन्य सञ्चालन आम्दानी ९०.१८ प्रतिशत बढेर २० करोड ९ लाख रुपैयाँ, सञ्चालन मुनाफा २१८.७८ प्रतिशत बढेर ३८ करोड ७३ लाख रुपैयाँ रहेको छ ।
लघुवित्तको चुक्ता पूँजी १६.९४ प्रतिशत बढेर १ अर्ब रुपैयाँ, जगेडा कोष ६८.३३ प्रतिशत बढेर ४८ करोड १ लाख, सापटी १६६.८२ प्रतिशत बढेर ९ अर्ब ९८ करोड २९ लाख रुपैयाँ, निक्षेप ५१.८१ प्रतिशत बढेर २ अर्ब ३९ करोड ९० लाख रुपैयाँ र कर्जा १३१.८५ प्रतिशत बढेर १२ अर्ब ९९ करोड ५ लाख रुपैयाँ रहेको छ ।
लघुवित्तको प्रतिशेयर आम्दानी २४ रुपैयाँ ५९ पैसा बढेर ३९ रुपैयाँ ५३ पैसा पुगेको छ ।













