नेपाल बैंकले २ अर्ब २६ करोड रुपैयाँ खुद नाफा आर्जन गर्यो, शेयर आम्दानी घट्यो, अन्य सूचक यस्ता छन् « Arthapath.com
१३ बैशाख २०७८, सोमबार

नेपाल बैंकले २ अर्ब २६ करोड रुपैयाँ खुद नाफा आर्जन गर्यो, शेयर आम्दानी घट्यो, अन्य सूचक यस्ता छन्



काठमाडौं । नेपाल बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा २ अर्ब २६ करोड २२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक बर्षको सोअिह अवधिमा बैंकले १ अर्ब ९९ करोड ६५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १३.३१ प्रतिशत बढी खुद नाफा आर्जन गरेको हो ।

बैंकको खुद ब्याज आम्दानी ११.७५ प्रतिशत बढेर ४ अर्ब ७१ करोड ४० लाख रुपैयाँ रहेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा ४ अर्ब २१ करोड ८२ लाख रुपैयाँ खुद ब्याज आर्जन गरेको थियो । त्यस्तै, सञ्चालन मुनाफा २९.७६ प्रतिशत बढेर ३ अर्ब ४३ करोड ९३ लाख रुपेयाँ रहेको छ । बैंकको वितरणयोग्य मुनाफा चालु आर्थिक वर्षको सोही अवधिसम्ममा १ अर्ब ४७ करोड ४६ लाख रुपैयाँ धनात्मक भएको छ । गत आवको सोहि अवधिमा ६ अर्ब १९ करोड ऋणात्मक थियो ।

बैंकको जगेडा कोष १४.७४ प्रतिशत बढेर २१ अर्ब ५१ करोड रुपैयाँ, निक्षेप ७.१२ प्रतिशत बढेर १ खर्ब ५१ अर्ब ६० करोड र कर्जा लगानी २३.८४ प्रतिशत बढेर १ खर्ब २७ अर्ब ९२ करोड रुपैयाँ रहेको छ ।

गत आर्थिक वर्षको मुनाफाबाट १२ प्रतिशत बोनस शेयर वितरण गरी चुक्ता पुँजी १२ अर्ब ६३ करोड ६७ लाख रुपैयाँ छ । बैंकको प्रतिशेयर आम्दानी समीक्षा अवधिमा ३ रुपैयाँ २६ पैसा घटेर २३ रुपैयाँ ८७ पैसामा सीमित भएको छ । बैंकको मूल्य आम्दानी अनुपात १९.२३ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ २७० रुपैयाँ २२ पैसा रहेको छ ।


प्रतिक्रिया दिनुहोस्