२४ भदौ २०८३, बुधबार

थप ३५ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि, १२ जनाको मृत्यु



काठमाडौं । पछिल्ल्लो २४ घण्टामा देशभर थप ३ हजार ५५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कूल कोरोना संक्रमितको संख्या

पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको १३ हजार २९३ जनाको पिसिआर परीक्षणमा ३ हजार ५५६ जनालाई संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा संक्रमित हुनेको सख्या ३ लाख ३ हजार ५६१ पुगेको छ । हाल नेपालमा सक्रिय संक्रमितको संख्या २२ हजार ४३४ पुगेको छ ।

आज देशभर ३७८ जना संक्रमित निको घर फर्किएका छन् । हालसम्म २ लाख ७७ हजार ९५१ संक्रमित निको भइसकेका छन् । देशभर ६५ जना व्यक्ति क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै थप १२ जना संक्रमितको मृत्यु भएको छ । यो सँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार १७६ पुगेको छ ।