काठमाडौं प्रवेश गर्नेले अनिवार्य क्वारेन्टिन बस्नुपर्ने

काठमाडौं । कोरोना भाइरसको संक्रमण दर बढेसंगै काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अब अनिवार्य क्वारेन्टिन वा होम आइसोलेसनमा बस्नुपर्ने भएको छ ।
आज सोमबार काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले एक आदेश जारी गदै भाइरसको नयाँ भेरियन्ट तीव्र रुपमा फैलिरहेकाले अब उपत्यकामा प्रवेश गर्ने व्यक्तिहरुले अनिवार्य रुपमा स्थानीय तहले तोकेको क्वारेन्टिन र होम आइसोलेसनमा बस्नुपर्ने बताएका छन ।
साथै काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा वैशाख १६ गते विहान ६ बजेदेखि वैशाख २२ गते मध्यराति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको छ ।