गुहेश्वरी फाइनान्सको नाफा ४५ प्रतिशतले उकालो लाग्यो, अन्य सुचक कस्तो ? - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

गुहेश्वरी फाइनान्सको नाफा ४५ प्रतिशतले उकालो लाग्यो, अन्य सुचक कस्तो ?



काठमाडौं । गुहेश्वरी मर्चेण्ट बैकिङ्ग एण्ड फाइनान्सको नाफा ४५ प्रतिशतले उकालो लागेको छ । कम्पनिले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण अनुसार नाफा ४५ प्रतिशतले नाफा बढेको छ ।

फाएनान्सले चालु आर्थिक वर्षमा ७ करोड ५८ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा ५ करोड २० लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

चैत मसान्तसम्ममा फाइनान्सको प्रतिशेयर आम्दानी ११ रुपैयाँ ७१ पैसा र प्रतिशेयर नेटवर्थ १५५ रुपैयाँ ४१ पैसा पुगेको छ । त्यस्तैगरी फाइनान्सको खुद ब्याज आम्दानी १५.६७ प्रतिशतले उकालो लागेको छ । कुल सञ्चालन आम्दानी पनि १५.८४ प्रतिशतले बढेको छ ।


प्रतिक्रिया दिनुहोस्