प्रभु इन्स्योरेन्सले जेठ ६ गते बोलायो वार्षिक साधारण सभा, यस्ता छन् एजेण्डा
काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनीले जेठ ६ गते २५ औ वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीको ३८९ औ सञ्चालक समितिको बैठकले प्रभु कम्प्लेक्स तीनकुनेमा भर्चुअल माध्यमबाट ११ बजे साधारणसभा आयोजना गर्ने भएको हो ।
सभामा चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । त्यस्तै, सभाले सामुहीक लगानी कोष योजना संचालन गर्ने प्रस्ताव पारित गर्नेछ ।
सभामा लेखापरिक्षकको प्रतिवदेन सहितको आर्थिक वर्ष २०७६–०७७ को वासलात नाफा नोक्सान हिसाव तथा नग प्रवाह विवरण उपर छलफल गरि पारित गर्नेछ । सञ्चाक समितिबाट प्रस्ताव गरे बमोजिम प्रस्तावित बोनस शेयरमा लाग्ने कर प्रयोजनका लागि २०७७ असार मसान्तमा कायम चुक्ता पूँजीको ०.५३ प्रतिशतले हुन आउने ५५ लाख ५९ हजार नगद लाभांश पारित गर्ने प्रस्ताव रहेको छ ।













