प्रुडेन्सियल इन्स्योरेन्सको ८.४२ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन « Arthapath.com
१६ बैशाख २०७८, बिहीबार

प्रुडेन्सियल इन्स्योरेन्सको ८.४२ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन



काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने आज (वैशाख १६ गते, बिहीबार) अन्तिम दिन रहेको छ ।

कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि वैशाख १९ गतेदेखि जेठ २ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । भोलि र पर्सि नेप्से बन्द हुने भएकाले बिहीबारसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

कम्पनीको १९ औं वार्षिक साधारण सभा जेठ २ गते बाराको होटल इच्छा, सिमरामा हुनेछ । सभामा हाल कायम रहेको चुक्ता पूँजीको ८ प्रतिशत बोनस र ०.४२ प्रतिशत नगद गरी कूल ८.४२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।


प्रतिक्रिया दिनुहोस्