प्रस्तावित ४ पुनर्बिमा कम्पनीको प्रक्रिया रद्द, क्रस होल्डिङले नपाउने, अव कसको भाग्य चम्केला ?
काठमाडौं । बीमा समितिले नयाँ पुर्नबिमा कम्पनीको लाइसेन्स दिने प्रक्रिया अगाडी बढाएको छ । नेपालमा हाल एउटामात्रै नेपाल रि–इन्स्योरेन्स कम्पनी रहेको छ । नयाँ रि–इन्स्योरेन्स खोल्न ४ ओटा इच्छुक कम्पनीले प्रश्ताव पेश गरेपनि एउटालाई मात्रै लाइसेन्स दिने भन्दै बीमा समितिले बिहीबार एक सूचना प्रकाशन गरी लाइसेन्स प्रक्रिया अगाडी बढाएको हो ।
नीजि क्षेत्रबाट काठमाडौं रि, अन्नपुर्ण रि, पुडेन्सियल रि र जेन्यून रि गरी ४ ओटा कम्पनीले लाइसेन्सको लागी प्रश्ताव गरेका थिए । हाल नेपाल रि को १० अर्व चुत्ता पुँजी रहेको छ । सोही पुँजीको पुरानो प्रश्ताव रद्ध गर्दे नयाँ रि–इन्स्योरेन्स कम्पनीको आह्वान गरिएको बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए ।
प्रश्ताव पेश भएकामध्ये र बाहिरबाट वा मर्ज गरेर १ ओटामात्रै रि–इन्स्योरेन्सले लाइसेन्स पाउने भएको छ । आज १६ गते बीमा समितिले एक सूचना प्रकाशन गरी २१ दिनभित्र सम्पुण तोकिएको मापदण्ड पुरागरी आवेदन खुला गरेको हो । उत्त प्रश्तावहरुमध्येबाट उच्चतम अंक ल्याउनेलाई मात्रै लाइसेन्स दिने समितिको सूचनामा जनाइएको छ ।
अव नयाँ मापदण्ड अनुसार आउने कम्पनीमध्ये १ कम्पनीलाई मात्रै बीमा समितिले लाइसेन्स प्रदान गर्ने छ ।
प्रश्तावित ४ कम्पनीहरु यस्ता छन्
विशाल ग्रुप, संघाई ग्रुप र आईएमई ग्रुपको लगानी रहेको पुडेन्सीयल रि–इन्स्योरेन्स रहेको छ । बीमा बजारमा बिशाल ग्रुप र आईएमई ग्रुपको लगानी भएका धेरै बीमा कम्पनीहरु रहेका छन ।
अन्नपुर्ण रि–इन्स्योरेन्समा गैरआवाशिय नेपालीहरुको लगानी रहेको छ । यसमा महतो ग्रुप र शंकर ग्रुपको लगानी रहेको छ ।
त्यस्तै जेन्युन रि–इन्स्योरेन्समा बीमा समितिकै पुर्व कार्यकारी निर्देशक श्रीमान् कार्की र निर्धन उत्थान विकास बैंकको समेत लगानी रहेको छ ।
काठमाडौं रि–इन्स्योरेन्समा हाल महालक्ष्मी लाइफ इन्स्योरेन्सका सीईओ रमेश कुमार भट्टराई, बीमा समितिकै पुर्व अध्यक्ष भैसकेका देवेन्द्रप्रताप शाह, नेपाल रि–इन्स्योरेन्सका अध्यक्षबाट हालै हटेका महेश गुरागाईँसमेत रहेका छन ।














