एनआइबीएल समृद्धि फण्ड २ मा मागभन्दा ५० प्रतिशत बढि आवेदन « Arthapath.com
१७ बैशाख २०७८, शुक्रबार

एनआइबीएल समृद्धि फण्ड २ मा मागभन्दा ५० प्रतिशत बढि आवेदन



काठमाडौं । एनआइबीएल समृद्धि फण्ड २ मा चौथो दिनमा मागभन्दा ५० प्रतिशत बढि आवेदन परेको छ ।

गत सोमबार देखि एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने चौथो सामूहिक लगानी कोष योजना एनआइबीएल समृद्धि फण्ड २ को प्रति इकाई रु १० अंकित दरको १२ करोड इकाई सार्वजनिक रुपमा निष्काशन बिक्री तथा खुल्ला गरिएको थियो ।

एनआइबीएल समृद्धि फण्ड २ मा ४ दिन अर्थात अन्तिम दिन बिहीबारसम्म माग गरेभन्दा ५० प्रतिशत बढी आवेदन परेको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार हालको समयमा विभिन्न संस्थाहरुद्वारा सार्वजनिक रुपमा बिक्री तथा खल्ुला गरिएको सामूुहिक लगानी कोषमा सर्वसाधारणहरुले उल्लेखनीय सहभागीता जनाएका छन् । जसको उदाहरणका लागि हाल सम्पन्न एनआइबीएल म्युचुअल फण्ड अन्तर्गत एनआइबीएल समृद्धि फण्ड २ मा परेको आवेदनले पनि पुष्टि गरेको छ ।

कम्पनीको इकाईमा आवेदन दिन हिजो बिहीबार देखि बन्द गरिएको छ । क्यापिटलले बैशाख १३ गतेदेखि प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब २ करोड रुपैयाँ बराबरको १२ करोड इकाई बिक्रीमा ल्याएको हो । फण्डले १५ प्रतिशत इकाई कोष प्रवर्धक नेपाल इन्भेष्टमेण्ट बैंकलाई सुरक्षित गरी बाँकी रहेको इकाई सर्वसाधारणहरुलाई बिक्री गर्न लागेको हो । उक्त फण्डमा न्यूनतम १०० देखि १ करोड २० लाख इकाईसम्म आवेदन दिन पाउने व्यवस्था गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्