खुलेको पहिलो दिनमै करीव तीन गुणा आवेदन पर्यो सिईडिबि हाइड्रोपावरको आईपीओमा, यसरी दिनुहोस आवेदन ? « Arthapath.com
१७ बैशाख २०७८, शुक्रबार

खुलेको पहिलो दिनमै करीव तीन गुणा आवेदन पर्यो सिईडिबि हाइड्रोपावरको आईपीओमा, यसरी दिनुहोस आवेदन ?



काठमाडौं । निष्काशन भएको पहिलो दिन आज शुक्रबार नै सिईडिबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको प्राथमिक शेयर (आईपीओ )मा करिब ३ गुणा आवेदन परेको छ ।

आज आईपीओमा ३ लाख ९० हजार जनाले ६५ लाख १३ हजार ९२१ कित्ता शेयरमा आवेदन दिएको कम्पनीको शेयर निष्काशन तथा विक्री प्रबन्धक सनराइज क्यापिटलले जनाएको छ । उक्त आवेदन सर्वसाधारणलाई निष्काशन गरेको २३ लाख ४१ हजार ९५४ कित्ताको २.७८ गुणा बढी हो ।

कम्पनीले आज देखि कुल जारी पूँजी ८३ करोड ९४ लाख १० हजार रुपैयाँको ३० प्रतिशतले हुने २५ करोड १८ लाख २३ हजार रुपैयाँ बराबरको आईपीओ निष्काशन गरेको हो ।

कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका २५ लाख १८ हजार २३० कित्ता साधारण शेयर निष्काशन गरेको छ । जसमा २ प्रतिशत अर्थात ५० हजार ३६५ कित्ता शेयर कर्मचारी, ५ प्रतिशत अर्थात १ लाख २५ हजार ९११ कित्ता शेयर सामूहिक लगानी कोष र बाँकि २३ लाख ४१ हजार ९५४ कित्ता सर्वसाधारणका लागि छुट्याएको छ ।

आईपीओमा छिटोमा बैशाख २१ गते र ढिलोमा बैशाख ३१ गतेसम्म आवेदन दिन सकिने कम्पनिले जनाएको छ ।आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतममा २५ लाख १८ हजार २३० कित्तासम्म आवेदन दिन सकिने छ ।


प्रतिक्रिया दिनुहोस्