बैंकहरुलाई एक चौथाइ शाखाबाट एक चौथाइ कर्मचारी राखेर सेवा दिन निर्देशन
काठमाडौं । कोरोना भाइरस संक्रमण दैनिक बढ्दै गएपछि बैंक तथा वित्तीय संस्थाहरुमा कडाइ गरेको छ । आइतबारदेखि बैंक तथा वित्तीय संस्थाहरुले एक चौथाई कर्मचारी राखेर सेवा दिनुपर्ने छ । शुक्रबारसम्म कुनै सिमा तोकिएको थिएन तर १० बजेदेखि २ बजेसम्म मात्रै बैंक खुला रहने भनिएको थियो । तर यसलाई कडाई गर्दै आइतबारदेखि बैंक तथा वित्तीय संस्थाले एक चौथाइ शाखा खोलेर एक चौथाइ कर्मचारी मार्फत सेवा दिने निर्देशन दिएको हो ।
कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को शुक्रबार बसेको बैंकले निषेधाज्ञा भएका उपत्यका र ठूला शहरमा बैंक तथा वित्तीय संस्थाका एक चौथाइ शाखामा एक चौथाइ कर्मचारी राखेर सेवा दिन निर्देशन दिएको हो । त्यसका लागि राष्ट्र बैंकलाई सहजीकरण गर्न भनेको थियो ।
नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम सीसीएमसीको निर्णय अनुसार बैंक तथा वित्तीय संस्थालाई निषेधाज्ञा भएका उपत्यका र ठूला शहरमा बैंक तथा वित्तीय संस्थाका एक चौथाइ शाखामा एक चौथाइ कर्मचारी राखेर बैंकका शाखा खुला हुनेछन् ।












