एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको दुई कम्पनीको ९७ हजार ५०६ कित्ता शेयर बिक्रीमा, यसरी दिनुहोस आवेदन ?

कठमाडौं । एनआईसी एशिया बैंककोे स्वामित्वमा रहेको नेपाल लाइफ इन्स्योरेन्स र सिटिजन इन्भेष्टमेन्ट ट्रष्टको संस्थापक तर्फको शेयर बिक्री खल्ला भएको छ ।
बैंकले आफनो स्वामित्वमा रहेको नेपाल लाइफ इन्स्योरेन्सको ४७ हजार ५०६ र सिटिजन इन्भेष्टमेन्ट ट्रष्टको कित्ता ५० हजार कित्ता शेयर बिक्री गर्ने लागेको हो ।
विक्री गर्न लागेको नेपाल लाइफ इन्स्योरेन्सको प्रति कित्ता रु.४४३ र ट्रष्टको रु.१३४७ मूल्य तोकेर विक्री खुल्ला गरेको हो ।
शेयर किन्न चाहानेले सिलबन्दी बोलपत्र आवेदन गरी बैशाख २४ गते भित्र दिन दिन सक्ने बैंकले जानकारी दिएको छ ।
शेयर आवेदन दिनका लागि उपत्यका नजिककाले कम्पनीको कर्पोरेट कार्यालय ट्रेड टावर थापाथली र काठमाडौं बाहिर विराटनगर, कोरङ्ग, वीरगंज, पोखरा, बुटवल, धानगढी र सुर्खेत बाट पनि भर्न सक्ने बैंक्ले जनाएको छ ।