आइतबार चाँदीको मूल्य स्थिर रहँदा सुन कतिमा कारोबार भईरहेको छ ?

काठमाडौं । आइतबार छापावाल सुनको मूल्य तोलामा १ सय रुपैयाँले बढेर प्रतितोला ९० हजार रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै, तेजावी सुनको मूल्य तोलामा ५० रुपैयाँले बढेर प्रतितोला ८९ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै, चाँदीको मूल्य भने स्थिर रहेर प्रतितोेला १२ सय ९५ रुपैयाँमा कारोबार भईरहेको छ ।
शुक्रबार छापावाल सुनको मूल्य तोलामा ९ सय रुपैयाँले घटेर प्रतितोला ८९ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । तेजावी सुनको मूल्य तोलामा ८५० रुपैयाँले घटेर प्रतितोला ८९ हजार ४५० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, चाँदीको मूलय तोलामा २० रुपैयाँले घटेर प्रतितोला १२ सय ९५ रुपैयाँमा कारोबार भएको थियो ।