दुई दिनमा सीईडीबी हाइड्रोपावरको आईपीओमा माग भन्दा ५.४३ गुणा बढी आवेदन

काठमाडौं । शुक्रबारदेखि सर्वसाधारणलाई प्राथमिक सेयर जारप् गरेको सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको आईपीओमा २ दिनमा माग भन्दा ५.४३ गुणा बढी आवेदन परेको छ ।
आइतबार विहान ११ः१५ बजेसम्म १० लाख ३६ हजार २३ जना आवेदकबाट १ करोड ६१ लाख ९५ हजार ६०६ कित्ताको लागि आवेदन परेको बिक्री प्रबन्धक सनराइज क्यापिटलले जानकारी दिएको छ । यो मागभन्दा ५.४३ गुणा बढीको आवेदन हो ।
कम्पनीले शुक्रबारदेखि १०० रुपैयाँ अंकित दरका कूल २५ करोड १८ लाख २३ हजार रुपैयाँ बराबरको २५ लाख १८ हजार २३० कित्ता आईपीओ वैशाख १७ गतेबाट निष्काशन तथा बिक्री निष्काशन तथा खुल्ला गरेको हो । जसमा २ प्रतिशत अर्थात ५० हजार ३६५ कित्ता सेयर कर्मचारीका लागि, ५ प्रतिशत अर्थात १ लाख २५ हजार ९११ कित्ता सेयर सामूहिक लगानी कोषका लागि र बाँकी २३ लाख ४१ हजार ९५४ कित्तामा सर्वसाधारणको लागि छुट्याइएको छ ।
उक्त आईपीओमा लगानीकर्ताहरुले न्यूनतम १० कित्ता र अधिकतममा २५ लाख १८ हजार २३० कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
लगानीकर्ताहरुले नेपाल धितोपत्रबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखाहरुबाट आवेदन दिन सकिनेछ । आईपीओमा निष्काशन छिटोमा वैशाख २१ गते र ढिलोमा वैशाख ३१ गतेसम्म आवेदन दिन सक्नेछन् ।