सिईडिबी हाइड्रोपावरको आईपीओमा २ दिनमा नै १२ लाख ११ हजार बढीको आवेदन, अझै २ दिन बाँकि « Arthapath.com
१९ बैशाख २०७८, आईतवार

सिईडिबी हाइड्रोपावरको आईपीओमा २ दिनमा नै १२ लाख ११ हजार बढीको आवेदन, अझै २ दिन बाँकि



काठमाडौं । शुक्रबारदेखि सर्वसाधारणलाई सेयर बिक्री खुला गरेको सिईडिबी हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओमा १२ लाख भन्दा बढिको आवेदन परेको छ । आइतबार सवा ५ बजेसम्मको तथ्याङ्क अनुसार १२ लाख ११ हजार ३ सय ४४ जनाले आवेदन दिएका छन् । आवेदन दिएका आवेदकहरुले १ करोड ८८ लाख ६४ हजार ३ सय २४ कित्ताका लागि आवेदन दिएको निष्कासन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेडले जानकारी दिएको छ । यो माग गरेको भन्दा ८.०५ गुणा बढी आवेदन परेको हो ।

कम्पनीले शुक्रबारदेखि १०० रुपैयाँ अंकित दरका कूल २५ करोड १८ लाख २३ हजार रुपैयाँ बराबरको २५ लाख १८ हजार २३० कित्ता आईपीओ निष्काशन तथा बिक्री खुल्ला गरेको हो । जसमा २ प्रतिशत अर्थात ५० हजार ३६५ कित्ता सेयर कर्मचारीका लागि, ५ प्रतिशत अर्थात १ लाख २५ हजार ९११ कित्ता सेयर सामूहिक लगानी कोषका लागि र बाँकी २३ लाख ४१ हजार ९५४ कित्तामा सर्वसाधारणको लागि छुट्याइएको छ ।

कम्पनीको आईपीओमा लगानीकर्ताहरुले न्यूनतम १० कित्ता र अधिकतममा २५ लाख १८ हजार २३० कित्ताका लागि आवेदन दिन सक्नेछन् । आईपीओ निष्काशन छिटोमा वैशाख २१ गते र ढिलोमा वैशाख ३१ गतेसम्म आवेदन दिन सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस्