छ्याङदी हाइड्रोपावरले ९ करोड रुपैयाँ बराबरको हकप्रद शेयर बिक्री गर्ने

काठमाडौं । छ्याङदी हाइड्रोपावर कम्पनी लिमिटेडले हकप्रद शेयर निष्काशनको अनुमति मागदै नेपाल धितोपत्र बोर्डमा निवेदन पेश गरेको छ । ९ करोड रुपैयाँ बराबरको हकप्रद शेयर निष्काशन गर्न अनुमति माग्दै कम्पनीले नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) मा वैशाख १५ गते बुधबार निवेदन पेश गरेको हो ।
कम्पनीले २९ करोड ७६ लाख ७५ हजार रुपैयाँ चुक्ता पूँजीको ३० प्रतिशत अर्थात १० बराबर ३ अनुपातमा ८ करोड ९३ लाख २ हजार ५०० रुपैयाँ बराबरको ८ लाख ९३ हजार २५ कित्ता हकप्रद निष्काशनको अनुमति माग गरेको हो ।
कम्पनीको हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।