एनएमबि लघुवित्तको नाफा १७५.३६ प्रतिशतले बृद्धि, सञ्चानल मुनाफा १२३७.९५ प्रतिशतले उछाल

काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा १२ करोड ६५ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । गत वर्ष यस अवधिमा अवधिमा संस्थाले ४ करोड ५९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत वर्षको यस अवधिको तुलनामा १७५.३६ प्रतिशतले बढी नाफा आर्जन गरेको हो ।
त्यस्तै, यस अवधिमा सञ्चानल मुनाफा १२३७.९५ प्रतिशतले बढेर २० करोड ३ लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको यस अवधिमा १ करोड ४९ लाख रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको थियो ।
यस अवधिमा खुद ब्याज आम्दानी ९२.२२ प्रतिशतले बढेर ३३ करोड ९९ लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा १७ करोड ६८ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।
यस अवधिमा २ अर्ब ८३ करोड रुपैयाँ सापटी लिई ५ अर्ब २५ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । गत वर्ष यही अवधिमा संस्थाले २ अर्ब २८ करोड रुपैयाँ सापटी लिई ३ अर्ब ५५ करोड रुपैयाँ कर्जा पलगानी गरेको थियो ।
संस्थाको यस अवधिमा संस्थाको चुक्तापूँजी ५३ करोड ९८ लाख रुपैयाँ, रिजर्भको आकार १९.८१ प्रतिशतले बढेर २९ करोड ३३ लाख रुपैयाँ रहेको छ । यस अवधिमा प्रतिसेयर आम्दानी ३१.२७ रुपैयाँ रहेको छ । पीई रेसियो ४९.७३ गुणा रहेको संस्थाको प्रतिसेयर नेटवर्थ १५४.३४ रुपैयाँ रहेको छ ।