सोमबार नेप्से सामान्य दोहोरो अंकले करेक्सन, साढे ७ अर्बको कारोबार « Arthapath.com
२० बैशाख २०७८, सोमबार

सोमबार नेप्से सामान्य दोहोरो अंकले करेक्सन, साढे ७ अर्बको कारोबार



काठमाडौं । सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १२.३५ अंकले घटेको छ । कोरोना भाइरसको रोकथाम तथा नियन्त्रण गर्नका लागि सरकारले थप कडाई गर्न सक्ने अनुमान लगानीकर्ताले गरेसँगै नेप्से घटेको सेयर बजार विश्लेषकहरुले बताएका छन् ।

सोमबार दिनभरिमा २१६ कम्पनीको ८८ हजार ४१३ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ५२ करोड ९२ लाख ९० हजार रुपैयाँको कारोबार भएको छ ।

सोमबार माइक्रोफाइनान्स र इन्भेष्टमेनट समूह बाहेक सबै समूहमा राताम्य छाएको छ । यी दुई समूहको क्रमशः ६९.०३ र ०.४९ अंकले कमाएका छन् भने जीवन बीमा समूहको सर्वाधिक ९०.९५ अंकले गुमाए ।


प्रतिक्रिया दिनुहोस्