धनगढी उप-महानगरपालिका स्थानिय स्वच्छ खानेपानीको पहुँचबाट वञ्चित « Arthapath.com
१ चैत्र २०७६, शनिबार

धनगढी उप-महानगरपालिका स्थानिय स्वच्छ खानेपानीको पहुँचबाट वञ्चित



काठमाडौं । सुदूपश्चिमको एक मात्र धनगढी उपमहानगरपालिकाका अधिकांश ठाउँमा शुद्ध खानेपानी समेत नरहेको पाईएको छ । उपमहानगरपालिकाका वासिन्दालाई नगरप्रमुख नृपबहादुर वडले स्मार्ट सिटी बनाउने सपना बाडेपनि नगरभित्रैका कतिपय स्थानमा अझसम्म शुद्ध खानेपानिको सुविधा पुगेको छैन । उपमहानगरपालिका भित्र रहेका १९ वडाहरुमध्ये १२ नं वडामा रहेको जुगेडाका स्थानिय स्वच्छ खानेपानीको पहुँचबाट वञ्चित रहेका छन ।

शुद्ध खानेपानीबाट बञ्चित रहेका त्यहाँका बासिन्दा धमिलो बालुवा निस्कने नल्काको पानी पिउन बाध्य छन । धनगढी उप महानगरपालिकाको वडा न. १२ जुगेडामा शुद्ध खानेपानीको ठुलो समस्या रहेको छ । शुद्ध खानेपानिको व्यवस्था नभएका कारण आफुहरु नल्काको अत्यन्तै दुषित पानी प्रयोग गर्न बाध्य भएको जुगेडाका स्थानिय विमल चौधरीले बताए ।

दुषित पानीको प्रयोगले झाडापखला, आउँ, हैजा जस्ता विभिन्न रोगहरुबाट ग्रसित हुनुपरेको जुगेडाकी मीरा भण्डारीले दुखेसो पोखीन् । दुषित पानीकै कारण त्यहाँका जनताहरु अस्वस्थकर भएको उनले गुनासो गरिन

यता वडा नं. १२ का वडा अध्यक्ष गणेश प्रशाद जोसीले शुद्ध खानेपानीको व्यवस्थापन गर्नको लागि विगत ६ बर्षदेखी नै खानेपानी संस्थानसंग माग गर्दे आएको बताएका छन । अबको एक बर्ष भित्रै यहाँका स्थानियले शुद्ध खानेपानिको उपभोग गर्न पाउने उनले बताए ।

खानेपानीको निकै समस्या रहेको जुगेडामा जमिनमुनीबाट पानी निकाली सकेको छ । ट्याङकीको निर्माण कार्य अघि नबढ्दा आयोजना अलपत्र परेको गुनासो बढी रहेका बेला धनगढी उप महानगरपालिकाका प्रमुख नृप वडले छिट्टै टेन्डर प्रक्रिया अघि बढ्ने बताए । त्यहाँका जनतालाई छिटो भन्दा छिटो खानेपानीको पहुँचमा जोड्ने उद्देश्यका आफूले पहल गरिरहेको नगर प्रमुख वडले दावी गरे ।

खानेपानिको समस्या भोगीरहेका यहाँका जनताहरुले अब छिट्टै शुद्ध खानेपानि उपभोग गर्न पाउने खानेपानि संस्थान कार्यालयका प्रमुख अरबीन्द कर्णले बताए । ३ बर्ष भित्रै सम्पन्न गरीसक्ने लक्ष्यका साथ करीब १३ करोड ५० लाखमा २०७६ भदौबाट निर्माण सुरु भएको योजनाको निर्माण कार्य तिव्र गतीमा भईरहेको उनले बताए ।


प्रतिक्रिया दिनुहोस्